Featured News
tamang samajएन पाख्रिन । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा हो या भारतमा भएको भन्ने सन्दर्भमा हिजो आज निकै बहस हुने गरेको छ । बिभिन्न पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख गरेको सन्दर्भलाई लिएर नेपालीहरुले सोसिएल साईटहरुमा बिरोध जनाउँदै आएका छन् । कतिले यसै विषयलाई लिएर अभियान चलाएका छन् भने केहिले फिल्म बनाउँदै छन् ।
Latest Videos
Ram Babu Yonjan's Tyhe Char Dinko
Ram Babu Yonjan's Tyhe Char Dinko
Nagendra Kumar Kumal, President - NEFIN
Nagendra Kumar Kumal, President - NEFIN
Dil Tamang's Timro Najarle
Dil Tamang's Timro Najarle
Chhuk Chhuke Rail by Loken Lama
Chhuk Chhuke Rail by Loken Lama
Like Us
Interview
जातीय पहिचानसहितको सङ्घीयता नै आदिवासी जनजातिको मुख्य मुद्दा - Raj Kumar Lekhi
Raj Kumar Lekhiजेठ १४ मा नयाँ संविधान आउने कुरामा ढुक्क हुन सकिँदैन तर धेरै कुरामा दलहरूबीचमा सहमति भइसकेकाले आउन पनि सक्छ । त्यसैले आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गको भावनालाई सम्बोधन गर्ने खालको संविधान आउँदैन कि भन्नेमा ठूलो शङ्का रहेको छ । यस्तो शङ्कास्पद अवस्थामा संविधान आएपनि त्यसले आदिवासी जनजातिको भावना र उनीहरूको पहिचानको सम्मान गर्न सक्ने छैन ।
Guest of the Month
Mr. Gadul Singh Lama
Mr. Gadul Singh LamaMr. Gadul Singh Lama, popularly known as Sanu Lama in the literary circle was born to late Chandaman Ghising and late Mrs. Phulmaya Ghising at Gangtok on June 15, 1939. He had his early education at Sir Tashi Namgyal High School in Gangtok from where he did his Matriculation in 1956. From his early age he was a brilliant student and took part in all extra-curriculum activities of the school. At that time when Sikkim was in the midst of its first seven years Development Plan and as in other parts of the country there was dearth of
Latest Penpal
JamistiastpabUW
From : Nepal
About Me:
Anil lama
From : Nepal
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator.
Replace your add here...
लोकतन्त्रपछिको पहिलो तामाङ मन्त्री
Posted on: May 4 2011 Wednesday 10:26:14 PM | Views : 1042
वैशाख २१, काठमाडौं - नुवाकोटका हितबहादुर तामाङ लोकतन्त्रपछि पहिलो मन्त्री बनेका छन् । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं माओवादीले घोषणा गरेको ताम्सालिङ स्वायत्त गणराज्यका संयोजक समेत रहेका तामाङ युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री तामाङले आजै राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा सपथ ग्रहण गरेका छन् ।

नुवाकोटमा एक सामान्य किसान परिवारमा जन्मेका तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०३८ सालको जिल्ला सम्मेलनबाट अनेरास्ववियु छैटौंको सचिव बनेपछि उनी पूर्ण रुपमा जिम्मेवारी लिएर राजनीतिमा प्रवेश गरे । २०४६ सालको जनआन्दोलनमा पनि पूर्ण रुपमै समर्पित भएर लागेका थिए । तामाङले ०४८ सालमा भएको नेकपा एकता केन्द्रको नुवाकोट जिल्ला अधिवेशनबाट उपाध्यक्ष, सोही समयमा जनवादी युवा संघको केन्द्रिय सदस्य र जिल्ला संयोजक, ४९ सालको संयुक्त जनमोर्चा नेपालको राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यको जिम्मेवारी वहन गरेका थिए । ५१ सालमा पार्टीको जनयुद्धको तयारीका क्रममा एकता केन्द्रको जिल्ला सेक्रेटरी, ५२ सालमा जनयुद्ध सुरु भएपछि क्षेत्रीय ब्युरोका सदस्य, रसुवा, नुवाकोट जिल्ला समितिको ईन्चार्ज हुँदै ५९ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्यसम्म आइपुगे । त्यस्तै ६१ सालमा तत्कालिन नेकपा माओवादीले निर्माण गरेको तामाङ स्वायत्त गणराज्यको प्रमुखको जिम्मेवारी उनले पाएका थिए ।

२०६१ असार २० गते भारतको पटनामा भारतीय प्रहरीको गिरफ्तारमा परेका उनी करिब दुई वर्षको जेल बिताएर ६३ सालको असारमा जेलबाट मुक्त भएका थिए ।

उनी २०६३ सालको माघ १ गतेबाट अन्तरिम व्यवस्थापिकाको सदस्य (सांसद) बने । २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ मा कांग्रेस नेता रामशरण महतसँग १ सय ४ मतको झिनो अन्तरले पराजित भएका थिए । महतले १७ हजार ४ सय ४२ मत र तामाङले १७ हजार ३ सय ३८ मत पाएका थिए ।

२०६६ पुष १ गते मओवादीले घोषणा गरेको ताम्सालिङ स्वयत्त गणराज्यको संयोजक बनेका तामाङ ताम्सालिङ आन्दोलनका एक सशक्त नेतृत्वका रुपमा रहेका छन् ।
Print Now Email This News PDF
Comments for this News
"congratilations pahilo tamang neta hunu bhayako ma tapai ko naya josh jagar ka sath desh ko bikash gardai januhola nuwakotko nu hatayara kot bananu hos taki sabailai neidilaune kot banna sakos ra bisho bhari chinna sakosh tQ "
suk pakhrin -2011-05-21 08:33:21
"j hos uhako jiban kal malai pani yathabat rupma thaha 6 aja ayara yo jimmewari grahan garnubhako ajhai pani ramri gardai janus aja safaltako kamana gardachi jaya tamsalaling tamsalingda 6rnan ladola lahasso fafulla "
suresh tamang -2011-05-14 21:41:51
"Delai Baya Pani- Mero, Pani Congratulation chha, AaSa chha Tamang society laaGi Kehi Nauloo kam Garcha\" "
P-tamang -2011-05-13 00:34:31
"Dear manneya ju... tamang jatima mantri paad grahan garnu bhaykoma tapai lai hardik mangalmay subhakamana byakta gardachu... congratulation... konchok sum ko ashirbat tapai lai sadhai barsai rahos bhannay chahana cha ani tapai ko sampurna manakamana haru pura hos. "
ogyen tenzin -2011-05-07 02:37:06
"DHERAI KHUSI LAGYO DHERAI DHERAI BHADAHAI CHHA COMRED HIT BAHADUR TAMANG LAI ALL THE BEST. "
kishor lama -2011-05-06 02:51:31
"Congratulation!!! its so great news for us.. "
Rajan Taman -2011-05-04 22:55:44
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM