Featured News
tamang samajएन पाख्रिन । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा हो या भारतमा भएको भन्ने सन्दर्भमा हिजो आज निकै बहस हुने गरेको छ । बिभिन्न पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख गरेको सन्दर्भलाई लिएर नेपालीहरुले सोसिएल साईटहरुमा बिरोध जनाउँदै आएका छन् । कतिले यसै विषयलाई लिएर अभियान चलाएका छन् भने केहिले फिल्म बनाउँदै छन् ।
Latest Videos
Nagendra Kumar Kumal, President - NEFIN
Nagendra Kumar Kumal, President - NEFIN
Dil Tamang's Timro Najarle
Dil Tamang's Timro Najarle
Chhuk Chhuke Rail by Loken Lama
Chhuk Chhuke Rail by Loken Lama
Nepali Movie Based on Tamang Culture
Nepali Movie Based on Tamang Culture
Interview
जातीय पहिचानसहितको सङ्घीयता नै आदिवासी जनजातिको मुख्य मुद्दा - Raj Kumar Lekhi
Raj Kumar Lekhiजेठ १४ मा नयाँ संविधान आउने कुरामा ढुक्क हुन सकिँदैन तर धेरै कुरामा दलहरूबीचमा सहमति भइसकेकाले आउन पनि सक्छ । त्यसैले आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गको भावनालाई सम्बोधन गर्ने खालको संविधान आउँदैन कि भन्नेमा ठूलो शङ्का रहेको छ । यस्तो शङ्कास्पद अवस्थामा संविधान आएपनि त्यसले आदिवासी जनजातिको भावना र उनीहरूको पहिचानको सम्मान गर्न सक्ने छैन ।
Guest of the Month
Mr. Gadul Singh Lama
Mr. Gadul Singh LamaMr. Gadul Singh Lama, popularly known as Sanu Lama in the literary circle was born to late Chandaman Ghising and late Mrs. Phulmaya Ghising at Gangtok on June 15, 1939. He had his early education at Sir Tashi Namgyal High School in Gangtok from where he did his Matriculation in 1956. From his early age he was a brilliant student and took part in all extra-curriculum activities of the school. At that time when Sikkim was in the midst of its first seven years Development Plan and as in other parts of the country there was dearth of
Latest Penpal
JamistiastpabUW
From : Nepal
About Me:
Anil lama
From : Nepal
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator.
Replace your add here...
पूर्व तामाङ मन्त्रीहरु, सभासदहरु, राजनीतिक दलका तामाङ नेताहरु तथा विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रमुखहरुद्धारा हस्ताक्षर गरिएको संयुप्त प्रेस विज्ञप्ती
Posted on: May 11 2012 Friday 11:41:07 PM | Views : 1535

पत्रकार सम्मेलन – २०६९ वैशाख २९ गते
स्थान: जनसञ्चार अभियान नेपाल, अनामनगर, काठमाडौं ।

संयुक्त प्रेस विज्ञप्ती

सङ्घीय संरचनाका सर्न्दर्भमा जातीय पहिचानलाई अस्वीकार गर्ने ढङ्गले हाल दलहरूका बीच चलिरहेको छलफलप्रति हामी तामाङ समाजका तपशिलका राजनीतिक एवं सामाजिक क्षेत्रमा रहेका क्रियाशिल व्यक्तिहरुको गंभीर ध्यानाकर्षा भएको छ । यस सर्न्दर्भमा र्सवप्रथम, जातीय तथा क्षेत्रीय पहिचानसहितको सङ्घीय संरचनाका विरुद्ध भइरहेका विभिन्न गतिविधिहरुप्रति हाम्रो गंभीर असहमति रहेको कुरा जाहेर गर्दछौं । मुलुकका विविधतालाई अस्वीकार गर्ने तथा विभिन्न जात जाति, भाषाभाषी एवं क्षेत्रहरुको सहअस्तित्वलाई इन्कार गरेर यो मुलुकको सङ्घीय संरचना नबन्ने कुरा हामी प्रष्ट पार्न चाहन्छौं । हामी पहिचानसहितको विभिन्न प्रदेश र स्वायत्त क्षेत्रहरुको सम्मान गर्दै तामाङ जातिको ऐतिहासिक भुगोल र बाहुल्य क्षेत्र खण्डित नहुने गरी अखण्डित ताम्सालिङ सुनिश्चित गर्न जोडदार माग गर्दछौं ।

सो अनुरुप ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले घोषणा गरे बमोजिम पूर्वमा दुधकोशी र सो नदीसँग जोडिएको सिन्धुलीको पूर्वी सिमादेखि पश्चिम, पश्चिममा बुढीगण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्लासहित पूर्व-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमासम्मको भूभाग ताम्सालिङ हो । ताम्सालिङ प्रदेशको बीचमा नेवार जातिको बाहुल्य रहेको भूभागमा नेवार जातिको स्वायत्त प्रदेशको सम्मान गर्दै ताम्सालिङ प्रदेशको भूभागसँग जोडिएको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको तामाङ बाहुल्य गाविस र ताम्सालिङ प्रदेशसँग अविछिनन रुपमा जोडिएका यस वरिपरिका तामाङ बाहुल्य क्षेत्रहरु तथा दक्षिणमा राजमार्गसँग अविछिनन रुपमा जोडिएका तामाङ बाहुल्य गाविस तथा क्षेत्रहरु पनि ताम्सालिङ स्वायत्त प्रदेशकै भूभाग हुन् भन्ने कुरा यसै वक्तव्य मार्फत प्रष्ट गर्न चाहन्छौं ।


साथै, यसै वक्तव्य मार्फत ताम्सालिङ प्रदेश यस क्षेत्रका सबै जात जाति वा समुदायको साझा बहुजातीय प्रदेश हो भन्ने कुरा प्रष्ट गर्दछौं । अतः सो भित्रका विभिन्न उत्पीडित जातिहरुको स्वायत्त स्वशासनको व्यवस्था संविधानमै सुनिश्चित गर्न पनि हामी माग गर्दछौं ।

यसका विपरित ताम्सालिङको पहिचान बिनाको ऐतिहासिक बाहुल्य भूमि खण्डित गर्नेगरी प्रदेशको घोषणा भएमा ताम्सालिङ लगायत तामाङ जनतालाई स्वीकार्य नहुने कुरा पनि यसैसाथ प्रष्ट गर्न चाहन्छौं । यसतर्फसबै राजनीतिक दल, सभासद र सरकारको गंभीरतापूर्वक ध्यान पुगोस् अन्यथा, त्यसको परिणाम गंभीर हुने कुरा पनि हामी समयमै प्रष्ट गर्दछौं ।

 

हस्ताक्षर गर्ने व्यक्तिहरुः
भिमबहादुर तामाङ - नेता, नेपाली काङ्ग्रेस तथा पूर्व कानूनमन्त्री
सिताराम तामाङ - महासचिव, नेकपा (एकीकृत)
हितबहादुर तामाङ - केन्द्रीय सदस्य, एनेकपा (माओवादी) तथा पूर्व मन्त्री
बीरबहादुर लामा - केन्द्रीय सदस्य, नेकपा (एमाले)
परशुराम तामाङ - अध्यक्ष, ताम्सालिङ नेपाल राष्ट्रिय दल
बुद्धिमान तामाङ - नेता, राप्रपा तथा पूर्व गृहमन्त्री
डि.बी. लामा - नेता, नेपाली काङ्ग्रेस तथा पूर्व सहायक मन्त्री
धावा लामा - केन्द्रीय सदस्य, एनेकपा (माओवादी)
दिपबहादुर योञ्जन - केन्द्रीय सदस्य, एनेकपा (माओवादी)
जीतबीर लामा - केन्द्रीय सदस्य, एनेकपा (माओवादी)
हर्कमान तामाङ - पूर्व केन्द्रीय सदस्य, नेकपा (एमाले)
दिलमान पाख्रिन - नेता, नेपाली काङ्ग्रेस
कबेलबहादुर लामा - अध्यक्ष, नेपाल तामाङ सङ्घ
फुर्नाम्गेल मोक्तान - अध्यक्ष, तामाङ स्वशासित सङ्घ (एकीकृत)
अमोद डुम्जन - सल्लाहकार, एनेकपा (माओवादी)
मणी लामा - पूर्व राज्यमन्त्री
सत्यमान लामा - पूर्व सहायक मन्त्री
तिलकबहादुर नेगी - पूर्व सहायक मन्त्री
कुमारी मोक्तान - सभासद, एनेकपा (माओवादी)
दावा तामाङ - सभासद, एनेकपा (माओवादी)
हर्षजत लामा - सभासद, नेपाली काङ्ग्रेस
खुशीराम पाख्रिन - सभासद, एनेकपा (माओवादी)
डिल्लीमान तामाङ - सभासद, एनेकपा (माओवादी)
शान्ति पाख्रिन - सभासद, नेकपा (एमाले)
डोल्मा लामा - सभासद, नेकपा (एमाले)
प्रकाश पाख्रिन  - सभासद, नेकपा (एमाले)
सन्तुमाया तामाङ - सभासद, एनेकपा (माओवादी)
चलनबहादुर तामाङ - सभासद, राप्रपा
अक्कलबहादुर थिङ - सभासद, एनेकपा (माओवादी)
प्रेमबहादुर तामाङ - सभासद, एनेकपा (माओवादी)
बीरबहादुर तामाङ - सभासद, एनेकपा (माओवादी)
दिलबहादुर तामाङ - सभासद, एनेकपा (माओवादी)
धनप्रसाद तामाङ - पूर्व अध्यक्ष तथा सल्लाहकार, नेपाल तामाङ घेदुङ
अमरदीप मोक्तान - अध्यक्ष, दोलखा तामाङ एकता मञ्च
डा. गणेश योञ्जन - पूर्व राजदूत
प्रेम लामा - विभागीय प्रमुख, नेपाल तामाङ घेदुङ
प्रतिक तामाङ - सचिव, नेपाल तामाङ घेदुङ
कुमार ब्लोन तामाङ - महासचिव, नेपाल तामाङ घेदुङ
डिके बुद्धिष्ट - अध्यक्ष, तामाङसालिङ स्वायत्त राज्य परिषद
डा. सङ्ग्रामसिं लामा - बुद्धिजिवी
डा. मुक्तसिं लामा - बुद्धिजिवी
कुन्साङ योञ्जन - अधिवक्ता
इन्द्रबहादुर तामाङ (छिन्ताङ) - महासतिव, तारामुमो
सोमबहादुर तामाङ - सचिव, आदिवासी बुद्धिजिवी परिषद्
कुमार योञ्जन - केन्द्रीय अध्यक्ष, नेपाल तामाङ घेदुङ

Print Now Email This News PDF
Comments for this News
"Balla tamangharuko ghaitoma ghamlagejastochha. esarinai agadi badnehobhane awasai safalta paunechhau. dhilaibhaeni ramro suruwatbhachha. so aguwaharulai best of luck bahndai sampurna Tamangsamajlai hostema haise garna apeal gardachhu. Thujuchhe "
Madan Pakhrin -2012-05-18 00:30:50
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM