Featured News
tamang samajएन पाख्रिन । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा हो या भारतमा भएको भन्ने सन्दर्भमा हिजो आज निकै बहस हुने गरेको छ । बिभिन्न पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख गरेको सन्दर्भलाई लिएर नेपालीहरुले सोसिएल साईटहरुमा बिरोध जनाउँदै आएका छन् । कतिले यसै विषयलाई लिएर अभियान चलाएका छन् भने केहिले फिल्म बनाउँदै छन् ।
Latest Videos
Ram Babu Yonjan's Tyhe Char Dinko
Ram Babu Yonjan's Tyhe Char Dinko
Nagendra Kumar Kumal, President - NEFIN
Nagendra Kumar Kumal, President - NEFIN
Dil Tamang's Timro Najarle
Dil Tamang's Timro Najarle
Chhuk Chhuke Rail by Loken Lama
Chhuk Chhuke Rail by Loken Lama
Like Us
Interview
जातीय पहिचानसहितको सङ्घीयता नै आदिवासी जनजातिको मुख्य मुद्दा - Raj Kumar Lekhi
Raj Kumar Lekhiजेठ १४ मा नयाँ संविधान आउने कुरामा ढुक्क हुन सकिँदैन तर धेरै कुरामा दलहरूबीचमा सहमति भइसकेकाले आउन पनि सक्छ । त्यसैले आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गको भावनालाई सम्बोधन गर्ने खालको संविधान आउँदैन कि भन्नेमा ठूलो शङ्का रहेको छ । यस्तो शङ्कास्पद अवस्थामा संविधान आएपनि त्यसले आदिवासी जनजातिको भावना र उनीहरूको पहिचानको सम्मान गर्न सक्ने छैन ।
Guest of the Month
Mr. Gadul Singh Lama
Mr. Gadul Singh LamaMr. Gadul Singh Lama, popularly known as Sanu Lama in the literary circle was born to late Chandaman Ghising and late Mrs. Phulmaya Ghising at Gangtok on June 15, 1939. He had his early education at Sir Tashi Namgyal High School in Gangtok from where he did his Matriculation in 1956. From his early age he was a brilliant student and took part in all extra-curriculum activities of the school. At that time when Sikkim was in the midst of its first seven years Development Plan and as in other parts of the country there was dearth of
Latest Penpal
JamistiastpabUW
From : Nepal
About Me:
Anil lama
From : Nepal
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator.
Replace your add here...
आदिवासी जनजाति पार्टी खोल्ने तयारीमा
Posted on: Jul 25 2012 Wednesday 02:31:15 AM | Views : 337

चितवन, श्रावण ९ - आदिवासी जनजाति नेताहरूले राजनीतिक पार्टी खोल्ने तयारीमा जुटेको सार्वजनिक घोषणा गरेका छन् ।
 
माओवादी, कांग्रेस र एमालेबाट जनजातिको पक्षमा अधिकार नमिल्ने आरोप लगाउँदै पार्टी खोल्नुको विकल्प नभएको मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा घोषणा गरे । जनजातिका नेताहरूले साउन २५ सम्ममा नयाँ पार्टी खोल्ने तयारी आन्तिम चरणमा पुगेको सुनाए । यसका लागि देशका प्रमुख ठाउँमा सबैको राय बुझ्न र जनजातिका कार्यकर्तालाई एकीकृत गर्न भेला भइरहेको उनीहरूले बताए ।
 
देशले जनजातिको हितमा काम गर्ने नयाँ पार्टी खोजिरहेको छ, आदिवासी जनजाति पत्रकार संघले गरेको कार्यक्रममा जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले भने, 'कुनै अवरोध भएन भने साउन २५ गते नयाँ पार्टी घोषणा गर्छौं ।' ठूला भनिएका दलहरूले जातीय मुद्दा छोडेकाले सबैलाई समेटेर पार्टी गठन गर्न लागिएको उनले बताए ।
 
संविधानसभाको अवसानपछि मुलुकमा देखिएको शान्ति ठूलो आँधी आउनुअघिको सन्नाटा हो, उनले भने, 'हालका पार्टीबाट देशलाई निकास दिन नसकेकाले नयाँ राजनीतिक शक्तिका रूपमा आदिवासी जनजातिको पार्टी आवश्यक भइसकेको छ ।' उनले साउन २५ गते विश्व आदिवासी दिवसमा आफूहरूको पार्टी घोषणा गर्ने जानकारी दिए ।
 
संविधानसभा विघटनमा प्रमुख तीन दलका शीर्ष नेता, सभामुख, प्रधानमन्त्री र मधेशी मोर्चा जिम्मेवार रहेको बताउँदै लेखीले उनीहरूलाई जनताले बहिष्कार गर्नुपर्ने बताए । आदिवासी जनजातिको राष्ट्रिय राजनीतिक सम्मेलनले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गरेकाले नयाँ पार्टी गठन गर्न लागिएको लेखीले स्पष्ट पारे । नयाँ पार्टी गठनको सिलसिलामा आदिवासी जनजाति महासंघले असार तीन गतेदेखि देशव्यापीरूपमा बृहत् भेला आयोजना गर्दै आएको छ । पश्चिमका पाल्पा, पोखरा, नवलपरासी लगायतका जिल्लामा भेला सम्पन्न गरेपछि चितवनमा जनजाति नेताहरूको टोली आइपुगेको हो । चितवनको भेला सकिएपछि पूर्वतिर भेला आयोजना गरिने अध्यक्ष लेखीले बताए ।
 
महासंघका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार पासाङ शेर्पाले पार्टी निर्माणका क्रममा बनाइएको नौ सदस्यीय कार्यदलले नयाँ पार्टीको विचारधारा, दर्शन, उद्देश्य, नीति र कार्यक्रमबारे राजधानीमा बुद्धिजीवी, पूर्वप्रहरीप्रमुख, पूर्वसेनाप्रमुख लगायतसँग छलफल तीव्र पारेको जानकारी दिए । उनले साउन २५ गते केन्द्रीय तदर्थ समिति सहित पार्टी घोषणा गरी तीन महिनाभित्र राष्ट्रिय महाधिवेशन गरिने बताए । संविधानसभाको विघटनपछि आदिवासी जनजाति आन्दोलनको दिशा तथा यसको स्वरूप विषयक बृहत् भेलामा सहभागी हुन लेखी लगायतका जनजाति नेताहरू जिल्ला दौडाहामा निस्किएका महासंघले जनाएको छ ।

तीन दलले निकास नदिएकोले नयाँ पार्टी खोल्ने

कास्की, श्रावण ९ - नेकपा एमालेका उपाध्यक्ष अशोक राईले तीन दलले मुलुकलाई निकास दिन नसकेकोले नयाँ पार्टी खोल्ने बताएका छन् ।
 
एमाले कांग्रेस र माओवादीले मुलुकलाई निकास दिन नसकेकाले नयाँ पार्टी खडा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘अहिले समयको माग नै नयाँ शक्ति खडा गर्नु हो ।’ नेपाल लोकतान्त्रिक जनजाति महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले मूलधारका दल असफल भएको बताए । उनले पार्टीले आफ्नो मागहरू सम्बोधन नगरे नयाँ पार्टी खोलेर आफ्ना एजेन्डा पूरा गर्ने चेतावनी दिए ।
 
उनले आफ्ना मागहरू पूरा गर्न हतियार समेत उठाउन पछि नपर्ने बताए । कार्यक्रममा आदिवासी जनजाति पूर्व सभासद् सभा (ककस)का अध्यक्ष पृथ्वीसुब्बा गुरुङले सबै पार्टीका आदिवासी, दलित तथा पिछडिएका समुदायलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने बताए । उनले जातीय पहिचान सहितको संघीयतामा खुट्टा कमाउने एमाले पार्टी छाडन समेत तयारी रहेको जनाए ।
 
कार्यक्रममा एमाले पोलिट ब्युरो सदस्य रामचन्द्र झा, केन्द्रीय सदस्य किरण गुरुङ, वीरबहादुर लामा लगायतले नयाँ पार्टी खोलिनुपर्नेमा जोड दिए ।

Source: Ekantipur

Print Now Email This News PDF
Comments for this News
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM