Featured News
tamang samajएन पाख्रिन । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा हो या भारतमा भएको भन्ने सन्दर्भमा हिजो आज निकै बहस हुने गरेको छ । बिभिन्न पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख गरेको सन्दर्भलाई लिएर नेपालीहरुले सोसिएल साईटहरुमा बिरोध जनाउँदै आएका छन् । कतिले यसै विषयलाई लिएर अभियान चलाएका छन् भने केहिले फिल्म बनाउँदै छन् ।
Latest Videos
Nagendra Kumar Kumal, President - NEFIN
Nagendra Kumar Kumal, President - NEFIN
Dil Tamang's Timro Najarle
Dil Tamang's Timro Najarle
Chhuk Chhuke Rail by Loken Lama
Chhuk Chhuke Rail by Loken Lama
Nepali Movie Based on Tamang Culture
Nepali Movie Based on Tamang Culture
Interview
जातीय पहिचानसहितको सङ्घीयता नै आदिवासी जनजातिको मुख्य मुद्दा - Raj Kumar Lekhi
Raj Kumar Lekhiजेठ १४ मा नयाँ संविधान आउने कुरामा ढुक्क हुन सकिँदैन तर धेरै कुरामा दलहरूबीचमा सहमति भइसकेकाले आउन पनि सक्छ । त्यसैले आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गको भावनालाई सम्बोधन गर्ने खालको संविधान आउँदैन कि भन्नेमा ठूलो शङ्का रहेको छ । यस्तो शङ्कास्पद अवस्थामा संविधान आएपनि त्यसले आदिवासी जनजातिको भावना र उनीहरूको पहिचानको सम्मान गर्न सक्ने छैन ।
Guest of the Month
Mr. Gadul Singh Lama
Mr. Gadul Singh LamaMr. Gadul Singh Lama, popularly known as Sanu Lama in the literary circle was born to late Chandaman Ghising and late Mrs. Phulmaya Ghising at Gangtok on June 15, 1939. He had his early education at Sir Tashi Namgyal High School in Gangtok from where he did his Matriculation in 1956. From his early age he was a brilliant student and took part in all extra-curriculum activities of the school. At that time when Sikkim was in the midst of its first seven years Development Plan and as in other parts of the country there was dearth of
Latest Penpal
JamistiastpabUW
From : Nepal
About Me:
Anil lama
From : Nepal
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator.
Replace your add here...
जनजाति अगुवाहरुद्धारा प्रस्तावित रुपमा 'सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी' घोषणा
Posted on: Aug 9 2012 Thursday 06:13:18 AM | Views : 315

काठमाडौ, श्रावण २५ - जनजातिका अगुवाहरुले प्रस्तावित रुपमा 'सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी' (सोसियल डेमोक्रेटिक प्लुरी-नेसनल पार्टी) घोषणा गरिएको छ ।

यो पार्टीलाई नेपालको नयाँ शक्तिका रुपमा उदय भएको उद्घोष् गरिएको छ  । बिहीबार राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तावित पार्टीको घोषणा गरिएको हो ।

'यो नयाँ राजनीतिक शक्तिको उदय हो, बहुमत जनतालाई सम्बोधन गर्ने पार्टीका रुपमा प्रस्ताव गरेका छौं,' प्रस्तावित पार्टीका संयोजक डा. चैतन्य सुब्बाले भने, 'प्रस्तावित पार्टी बहुल-राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुनेछ ।'


'हामी आदिवासी जनजातिबीच फुट होइन, एकताको सन्देश दिनकै निम्ति प्रस्तावका रुपमा मात्र यो पार्टी घोषणा गरेका छौं, नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले भने, 'यो जातीय, क्षेत्रीय पार्टी होइन, आम नेपालीको हितमा समाजवादमा आधारित, गणतन्त्र, लोकतन्त्रमा विश्वास राख्नेको वैकल्पिक राजनीतिक शक्ति हो ।' पार्टी निर्माणमा जनजाति महासंघले समन्वयकारी भूमिका निर्वाहमात्र गरेको बताए ।

'उत्पीडित समुदायको राजनीतिक इतिहास आजबाट सुरु गर्दैछौं,' पूर्व सभासद पासाङ शेर्पाले भने, 'यो वैकल्पिक राजनीतिक शक्ति देशव्यापी पार्नेछौं ।' घोषणापत्रमा नबदलिएको राज्यसत्ताको चरित्र, जातीय अन्तरद्वन्द्व र ध्रुविकरण, मुलुकमा विद्यमान मुद्दाहरुका रुपमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, लैङ्गकि, अपाङ्गता, वर्गीय तथा अन्य का प्रमुख मुद्दाहरुबारे प्रस्तुत गरेका छन् । त्यसैगरी विचार र सिद्धान्त, समाधानका उपाय तथा नीतिहरु, बुहल-राष्ट्रवाद, आदिवासीवाद, राष्ट्रियता, सामाजिक लोकतन्त्रका संक्षिप्त व्याख्या गरिएको छ ।

प्रस्तावित पार्टीको खाका निर्माणका संयोजक डा. सुब्बा तथा डा. कृष्ण भट्टचन, पासाङ शेर्पा, जितपाल किरात, डा. महेन्द्र लाओती, नन्द कन्दङ्वा, शान्ति राई, बमकुमारी बुढा, ज्योति दनुवार, शंकर लिम्बूलगायत ११ सदस्य छन् । त्यसमा थप गरी १ सय १ सदस्य बनाएको समेत पत्रकार सम्मेलनमा घोषणा गरिएको छ ।

Print Now Email This News PDF
Comments for this News
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM