
जेठ १४ मा नयाँ संविधान आउने कुरामा ढुक्क हुन सकिँदैन तर धेरै कुरामा दलहरूबीचमा सहमति भइसकेकाले आउन पनि सक्छ । त्यसैले आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गको भावनालाई सम्बोधन गर्ने खालको संविधान आउँदैन कि भन्नेमा ठूलो शङ्का रहेको छ । यस्तो शङ्कास्पद अवस्थामा संविधान आएपनि त्यसले आदिवासी जनजातिको भावना र उनीहरूको पहिचानको सम्मान गर्न सक्ने छैन ।