भाद्र २, काठमाडौं - राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रशिद्ध कपन गुम्बामा तामाङ अवतारी लोसाङ नाम्गेल रिन्पोछेज्युलाई ठिदोन “पदस्थापन” गरिएको छ । गुम्बामा आज एक भव्य समारोहको आयोजना गरी उहाँलाई धार्मिक परम्परा अनुसार ठिदोन गरिएको हो ।
परिवर्तनका लागि मेरो उम्मेदवारी - Bhim Bahadur Tamanag
बीपीकालीन राजनीतिदेखि हालसम्म सक्रिय कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तामाङ आसन्न १२ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि चर्चामा छन् । सुशील कोइराला र शेरबहादुर देउवालाई 'यथास्थितिवादी' को संज्ञा दिंदै उनले आफूलाई परिवर्तनकारी उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । पार्टीका विद्यमान धार संस्थापन र प्रजातान्त्रिक असफल भएपछि तेस्रो धारका रूपमा आफू आएको उनको दाबी छ ।
सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन ।
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator.
udday
From : Nepal
About Me: wan a study in tamang culture
Replace your add here...
News
अखण्डित ताम्सालिङका लागि ताम्सालिङ नागरिक सन्जालले बृहत भेला आयोजना गर्ने
Posted on: Feb 7 2010 Sunday 08:10:31 AM | Views : 233 Times
माघ २४, काठमाडौं - ताम्सालिङ नागरिक सन्जाल ले आगामी फागुन १ गतेका दिन "किन खण्डित ताम्सालिङ हामीलाई स्वीकार्य छैन ?" भन्ने शिर्षकमा एक बृहत भेला गर्ने भएको छ ।
तामाङ जातिको बाहुल्यता भएका जिल्लाहरु र त्यसभित्र पर्ने प्राकृतिक श्रोत र साधनहरुलाई ताम्सालिङ गणराज्यभित्रै पार्नको निम्ती दबाब दिने उद्धेश्यले सो बृहत भेला आयोजना गर्न लागिएको हो ।
सन्जालले वर्तमान राज्य-पुर्नसंरचना, सिमाङ्कन र प्राकृतिक श्रोत बाँडफाड हुने परिप्रेक्षमा सम्पूर्ण न्यायप्रेमी तामाङ दाजुभाई, दिदीबहिनीहरुलाई भेलामा सक्रियताका साथ भाग लिई दिन हुन हार्दिक अनुरोध गरिएको छ ।
आयोजकः "ताम्सालिङ नागरिक सन्जाल” मिति: २०६६ फागुन १ गते (सन १३/२/२०१०) स्थानः मधुरिमा नेपाल कला केन्द्रको हल समय: दिनको १२ बजे पुतली सडक, काठमाण्डौ, नेपाल । सम्पर्क फोन नम्बर: ०१-४२३९९२३