Message Board
Posted By : PromilA Tamang.
- Every sunset gives us one day less to live! But every sunrise give us, one day more to hope! So, hope for the best. Good Day & Good Luck!...
Posted By : bikash.
- hi lasho fyafulla jaman tamang da...
Posted By : Shankha Lal Tamang.
- Great News. Congratulation !!! for Tamangsamaj.com, We (Nepal Non resident tamang society of qatar) would like to congratulate!!...
Posted By : Anjan Moktan.
- All the best to get award and succesful program.. I m so happy to know about Tamang Film and Music Award. Best of Luck to all.....
Posted By : NORGEEN TAMANG.
- TO ALL THE TAMANG FRIENDS FYAFULLA AND LASSO IF YOU HAVE ANY TAMANG HISTORICAL DOCUMENTS SEND AT MY EMAIL...
Posted By : bikash tamang.
- lasho phyafulla, nga bikash gyam jamman tamang gade da jyaba danba mula....
Posted By : surya man lama.
- lasso!kebal janahati ko mul muddha ma pani tamang ko bisas kishem le swgat ra aabinandan ko sath chau har tamang lai rastriya rajneti ma aabiral barsh...
Ads
Entertainment
tamang samaj
असार १९, काठमाडौं - काठमाडौं बौद्धकी सम्मी भज्युले मिस तामाङ २०१० को ताज पहिरिएकी छिन् । आज सम्पन्न प्रतियोगितामा ३१ प्रतिष्पर्धीलाई पछाडि पार्दै उनले मिस तामाङको उपाधि जितेकी हुन् । प्रतियोगितामा काभ्रेकी शिक्षा शान्ति वाईबा फस्ट रनरअप र मोरङकी मनिला पाख्रिन सेकेन्ड रनरअप भएकी छिन् ।
Ads
Jana Aawaj
नयाँ संविधानमा ताम्सालिङ प्रदेश सुनिश्चित गर्न तामाङ नेतृत्वकर्ताहरुको भूमिका कस्तो हुनुपर्ला ?
Notice Board
Greeting from Doha
2010-09-02 06:38:25
To Send Information
2007-02-04 23:14:15
Replace your add here...
Krishna Bhusan Bal
Guest of : December 2009
Krishna Bhusan Bal

म हुर्केको ठाउँले नै मलाई कवि बनायो -वरिष्ठ साहित्यकार कृष्णभूषण बल

व्यक्तित्व विवरण  

नामः कृष्णभूषण बल तामाङ
जन्म २००४ रवि, माल्टेनी इलाम
बुबा : हेमलाल बल तामाङ
आमा : ईश्वरी घिसिङ तामाङ
अध्ययन : स्नातक
प्रकाशित कृतिहरु : दाजु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) २०३४
भोलि बास्ने विहान कविता संग्रह २०४१ (प्रथम संस्करण)
भोलि बास्ने विहान कविता संग्रह २०५९ (प्रथम संस्करण) दास्रो संस्करण

आवद्ध संघ/संस्थाहरु :
अध्यक्ष : वाणी प्रकाशन विराटनगर
अध्यक्ष : लोकतान्त्रिक स्रष्टाहरुको मञ्च
आजीवन सदस्य : जीवन स्मृती प्रतिष्ठान
आजीवन सदस्य :  नवरङ्ग साहित्य प्रतिष्ठान
आजीवन सदस्य : वनिता प्रकाशन

सम्मान तथा पुरस्कारहरु
१) राष्ट्रिय कविता महोत्सव (२०४०)
२) प्रतिभा पुरस्कार,विराटनगर (२०४०)
३) राष्ट्रिय कविता महोत्सव (२०४१)
४) सम्मानपत्र नवरङ्ग साहित्य प्रतिष्ठान धरमपुर, झापा (२०५२) 
५) राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७)
६) डा. स्वामी प्रपन्नचार्य चर्तुभूज पुरस्कार (२०५७)
७) अभिनन्दनपत्र नेपाल तामाङ घेदुङ, पूर्वाञ्चल क्षेत्रीय समन्वय समिति धरान(२०६०)
८) कदरपत्र साहित्य कला संगम, दमक (२०६०)
९) हरिहर शासत्री सावित्रीदेवी साहित्य पुरस्कार (२०६०)
१०) सम्मानपत्र शिरोमणि पुस्तकालय परिवार, विराटनगर (२०६०)
११) सम्मान पत्र  रविबासीका तर्फबाट, २०६०
१२) यूरोशिया रेयूकाई, सम्मानपत्र २०६२
१३) मधुरिमा नेपाल सम्मानपत्र, २०६२
१४) चेतना प्रतिभा एन्यन तथा संरक्षण प्रतिष्ठान नेपाल सम्मान, २०६३
१५) बसुन्धरा मानश्री पुरस्कार (नगद रु.२५,०००।- सहित) सम्मान, २०६३
१६) किराँत राई विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति महासंघ र लिम्बु विद्यार्थी मञ्च, झापा अभिनन्दन, २०६५
१७) बाबु शशि स्मृति सम्मान (नगद रु.११,१११।-) २०६५
१८) अभिनन्दन, विराट बौद्ध समाज, २०६६
१९) सम्मान, त्रिपला राष्ट्रिय पुस्तकालय, २०६६
२०) सरस्वती सम्मान (नगद रु. ५१,०००।-) लुनकरण गङ्गदेवी साहित्य कला मन्दिर २०६६
२१) अभिनन्दन नेपाल तामाङ घेदुङ, उर्लाबारी २०६६
२२) अभिनन्दन देवोटा पुस्तकालय, विरानगर २०६६

साहित्य मन, भावनाको भाव सागर र संसार हो । सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा कला हो । साहित्य समाजको ऐना मात्र नभई यो समाजभित्रका वास्तविकतालाई पारदर्शी स्वरुप दिई समाजलाई सहि मार्गनिर्देशन दिने एउटा शसक्त माध्यम पनि हो ।

नेपाली साहित्यको ईतिहासमा तामाङ जातिको उपस्थिति कमै मात्रमा रहेको छ । तर उहाँहरुले अन्य जातिले नेपाली साहित्यमा जति योगदान पुर्याैएको छ, त्यतिकै मात्रमा योगदान पुर्या उनु भएको छ । अहिले नेपाली साहित्यमा हामीले सम्झिनै पर्ने नाम
हो पारिजात र कृष्णभूषण बल यी दुवैजना नेपाली साहित्यमा वरिष्ठ साहित्यकारका रुपमा दरिएका नाम हुन् । हो कला, साहित्यलाई सृजना गर्न त्यति सजिलो छैन । तर पनि आफूभित्र रहेका इमान्दार, लेखकीय गुण आफनो वरिपरिका वातावरणीय प्रभावले आपसे आप कुनै पनि व्यक्तिलाई साहित्य सृजना गर्न घचघच्याउँछ । र उसले आफ्नो कलालाई मूर्तरुप दिन्छ ।

यसै सन्दर्भमा वि.सं.२००४ मा इलामको रवि माल्टेनीमा आपा हेम लाल र आमा ईश्वरी घिसिङको कोखबाट जन्मिनुभएका आफ्नो थाकथलो र आमालाई साहित्य सृजनाको प्रेरणाको स्रोत मान्नु हुने, विश्वविद्यालय स्तरसम्म आफ्नो सृजनालाई उभ्याउँन सफल वरिष्ठ साहित्यकार कृष्णभूषण बल, कार्यक्रमको सिलसिलामा काठमाडौं आइपुग्दा साहित्य, जीवन, दर्शन, समाजको विषयलाई केन्द्रित गरि उहाँसँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।  

नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्या्उन सफल उहाँको आफनो पहिलो कृति दाजु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) २०३४, भोली बास्ने विहान (कविता संग्रह) २०४१ प्रथम संस्करण र भोलि बास्ने विहान (कविता संग्रह) २०४९ दोस्रो संस्करण प्रकाशित रहेका छन् । त्यसैगरि पर्खनु पर्छ, चैतको हावा, काठमाण्डु एक्लैले काठमाण्डु बोक्न सक्दैन, कविताहरु क्रमशः  त्रिभुवन विश्वविद्यालय, पूर्वाअञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अर्न्तगत पाठ्यपुस्तकमा समावेश गरिएका छन् । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सार संक्षेप:

यहाँको साहित्यिक यात्राको थालनी कहिले र कहाँबाट भयो बताईदिनुस् न ?
म जन्मे, हुर्केको ठाउँ रवि साह्रै नै रमणीय छ । यस ठाउँले यहाँका व्यक्तित्व मात्र नभई जो कोहीलाई पनि भावुक बनाउँछ । यो ठाउँ नै यस्तो हो, जहाँ सिर्जनाहरुले हामीलाई बाहिरी संसारमा उतारा भनि पटकपटक घचघच्याई रहन्छन् । नलेखी, नकोरी बस्नै सकिँदैनन् । मेरो साहित्यिक यात्राको सुरुवात पनि यसरी नै भयो । हामी बाल्यकाल छँदा गाई वस्तु वनपाखा जान्थ्यौं, त्यसबेलातिर नै म जानेर वा नजानेर कविता कोर्थे । बाल्यकालमै आमा नहुनाले आमाको मातृत्व नपाउनाले पनि सायद मलाई कवि बनाउन सफल बनायो । 

तपाईले पहिलो चोटी लख्नुभएको कविता कुन पत्रिकामा प्रकाशित भएको थियो ? वा एकैचोटी संग्रहमा आउनु भयो ?
एकदिन विद्यालयमा सरले मैले गाई चराउन जाँदा लेखेको कविता हेर्नुभयो । एकछिन त धेरै डर लाग्यो तर सरले मलाई स्यावासी दिदै भन्नु भयो यो त पछि गएर साहित्यकार बन्छ कि के हो ? त्यतिखेर मलाई एकदमै खुशीको अनुभूति भईरहेको थियो । इलामबाट प्रकाशित साहित्यिक पत्रिका सौगातमा ‘म युवक हुँ’ शिर्षकको कविता नै पहिलो पटक प्रकाशित भएको थियो ।

इलामको माटोमा जन्मिएका व्यक्तिहरु धेरैजसो प्रखर कलाकार वा साहित्यकारका रुपमा देखिन्छन्, के छ त्यस्तो रहस्य ?
हो यहाँको माटो नै एककिसिमले भन्नुपर्दा आश्चर्यलाग्दो नै छ । जसले हामीलाई यो ठाउँमा उभिन सफल बनाएको छ । हुन त इलामभन्दा दार्जिलिङमा साहित्यको बास्ना पहिलो छरेको हो । त्यसो त दार्जिलिङ हाम्रोतिरबाट नजिकै पर्ने भएकोले पनि यहाँको हावा पानीले वातावरणले छोएर पनि यसो भएको होला । 

यहाँको साहित्यिक सिर्जना कुनबेला कस्तो ठाउँमा प्रस्फुटित हुने गर्दछ ? कुन सयममा बढि लेख्नुहुन्छ ?
त्यो यस्तै बेला भन्ने छैन । आफुलाई जुन विषयले छुन्छ, मनमा जब कुराहरु खेल्न थाल्छ शान्त एवम् रमणीय सुन्दर ठाउँमा कविता फुर्ने गर्छ अनि त्यसैलाई अक्षरमा उर्ताछु । प्रायः जसो विहानी र दिउँसोको समयमा लेख्छु ।

यहाँले साहित्यलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन । यहाँको भाव बाहिरी देशमा पनि पोख्न सक्नुपर्छ । कविता वा साहित्य सिर्जनामा वृहत सोचाई हुनुपर्छ, राख्नुपर्छ । अनिमात्र त्यो कविता वास्ताविक कविता हुन सक्छ । नत्र एक समय वा परिस्थितिमा लेखेको कविता अन्य समय वा परिस्थिति परिवर्तन भएपछि सुनाउँन लायक छैन भने त्यो कविता होइन भन्छु म,  हामीले कविता लेख्दा जुनसुकै परिस्थिति र समयको ख्याल राखेर कविता लेख्नु पर्छ जुन कविता जस्तोसुकै बेलामा सुन्न, सुनाउँन सकियोस् । 
 
जनजाति साहित्य अन्तरगत हाल पछिल्लो समयमा मातृभाषामा साहित्यिक सिर्जना हुने क्रम बढ्दो छ ? यसले मातृभाषाको विकासमा कस्तो टेवा पुर्‌याउन सक्ला ?
हो हामीले आफ्नो मातृभाषालाई कहित्यै बिर्सनु हुँदैन । यो एकदमै आशालाग्दो कुरा हो । मातृभाषामा लेख्नुपर्छ, तर मातृभाषासँगै नेपाली साहित्यलाई पनि उत्तिकै महत्व दिनु पर्छ । अथवा जुन भाषामा सपना देख्नुहुन्छ, त्यही भाषामा लेख्ने प्रयास गर्नुपर्छ । हाम्रो देश नेपाल विभिन्न जातित्वहरुको विविधता भएको देश हो । यीनै जातजातिहरुको संस्कार, संस्कृति कला मिलेर नै नेपाल सुन्दर र युनिक भएको हो । यसले आफ्नो मातृभाषाको विकासमा ठूलो योगदान पुर्याउँछ जस्तो लाग्छ ।
 
भर्खरै तामाङ कविता प्रतियोगिता सम्पन्न भएको छ । तपाईले कस्तो अनुभव गर्नुभयो ? र तामाङ साहित्यको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
वास्तवमा भन्नुपर्दा मेरो जीवनको एकदमै रमाइलो क्षण भयो यो तामाङ भाषाको कविता प्रतियोगिता । यो क्षण म कहिल्यै बिर्सन सक्ने छैन । म पूर्वतिरको भएकोले भाषा बुझ्न अलि गाह्रो भएको जस्तो भो । त्यसो त भाषालाई साहित्यमा उतार्दा झन गाह्रो हुन्छ । मेरो विचारमा साहित्य बुझ्नुपर्छ भन्ने छैन । खोलाको सुसाहट, कलकल त्यसै सुन्दर लाग्छ यद्यपी के बोल्छ थाहा हुँदैन त्यस्तै साहित्य पनि आफैमा सुन्दर र आफै बोल्ने हुन्छ । त्यसैले हाम्रो मातृभाषाको कविताहरु अति सुन्दर लाग्यो ।
 
यसको भविष्य कस्तो देख्नुभएको छ ?
पहिले पहिले तामाङहरुलाई जगिर खाना, वा केही गर्नुपर्योै भने पनि आफ्नो थर नै फेर्नु पर्थ्यो । धेरै दुःख कष्ट भोगेका छन् हामी तामाङ जातिले । तर आज त्यो समय छैन । मैले नढाँटिकन भन्नुपर्छ । यतिखेरको अवस्थालाई हेर्दा खेरी तामाङ साहित्यको भविष्य एकदमै उज्ज्वल देखेको छु । युवा पिँढीहरु एकदमै सक्रियताका साथ लागेको देख्दा यतिखेर मेरो मनमा एक किसिमको खुशीका तरंगहरु सल्बलाई रहेको छ । लेख्दै जानु पर्छ, अन्य जातित्वमा पनि हाम्रो भाषा मिल्नुपर्छ यसले तामाङ भाषाको उन्नतिमा कसैको पनि दुईमत रहने छैन ।
 
नेपाली साहित्य र जनजाति साहित्यबीचको दुरी कति टाढा छ ? यस दुरीलाई मेटाउन स्रष्टाहरुले कस्तो भूमिका निभाउनु पर्ला ?
नेपाली साहित्यको सिर्जना नेपालको इतिहास कालखण्डदेखिको हो भने जनजाति साहित्य भने पञ्चायतीकालको अन्तपछि अथवा प्रजातन्त्रको सुरुवातपछि मात्रै भएको भर्खरको साहित्य हो । त्यसैले यिनीहरुबीचको दुरी धेरै नै टाढा छ । त्यतिखेर जनजातिहरुलाई खस जातिले थिचेर राखेको थियो । हामीलाई माथि उठ्नै दिएको थिएन । आफ्नो भाषामा केही लेख्यो, बोल्यो भने हामीलाई विभिन्न किसिमका यातना दिने गर्थे । हामीले त भर्खरै सुरु गरेका छौं । तर यसलाई निरन्तरता दिँदै गयौं भने अवश्य नेपाली साहित्यको दाँजोमा उभिन सक्छ । यस दुरीलाई नजिक पार्नको लागि हामी शिक्षित वर्गबाटै यसको सुरुवात गर्नुपर्छ । भाषा, लिपीको विकास हुनुपर्योि, मातृभाषामा शिक्षा दिनुपर्योर ।

कलामा वर्गीय स्वरुप हुनु कतिको आवश्यक छ ?
अति गहन प्रश्न उठाउँनु भो नि । कला भनेको त कला नै हुनुपर्छ । तर कलामा वर्गीय स्वरुप मिसिएन भने त्यो अर्थपूर्ण हुँदैन । त्यसैले कलामा वर्गीय चेत हुन अति आवश्यक छ । नत्र आफ्नो वर्गलाई माथि उठाउने कसरी ? आफ्नो संस्कृति, कला, धर्म भाषा र दस्तुरलाई साहित्यमा मिसायौँ भने त्यो साहित्य धनी पनि हुन्छ । त्यो नै वर्गीय कला हो ।

आजसम्मको अध्ययन र अनुभवको आधारमा भन्नुपर्दा जीवन, दर्शन र साहित्यबीचको अन्तर सम्बन्धबारे प्रष्ट्याई दिनुस् न ?
जीवन एउटा सृष्टिको सुन्दर उपहार हो । जुन हामीले पाएका छौ, यसलाई हामीले सहि मार्गतिर लानुपर्छ । जीवनमा हामीले के दिन सिक्यौ, के अनुभव बटुलेउँ त्यही नै दर्शन हो । तर हामीले भोगेका चिजहरुलाई हामी अक्षरमा लेख्छौं त्यो चाँहि साहित्य हो । र त्यसैले हामीले जीवनमा रमाइलो मात्रै गर्नुहुँदैन समाज, राष्ट्र जातिको उन्नतिको लागि पनि के गर्न सक्यौ भने मात्रै हामी जन्मेको सार्थकता पाउन सकिन्छ ।

अहिले जातीय संघीयताको कुरा बढी उठिरहेको छ, ताम्सालिङका लागि लडिरहनुभएकाहरुलाई के भन्नु हुन्छ ?
हो हामीले हाम्रो जातिय अस्तित्वको लागि आवाज उठाउनु पर्छ । हामीलाई ताम्सालिङ अवस्य चाहिन्छ । तर सबैभन्दा पहिले त नेपाल बलियो सम्वृद्ध हुनुपर्योक । अनि ताम्सालिङ पनि बलियो हुन्छ ।
 
प्रसङ्ग बदलौ । प्रायः कलाकर्मीहरुले प्रेम विवाह गर्छन ? तपाईको चाँहि कुन विवाह गर्नुभयो नि ?
हो कुनै पनि कला वा साहित्य क्षेत्रमा लागेकाहरुले प्रेम विवाह नै गर्छन । उनीहरुले प्रेमलाई बढि अनुभव गरेका हुन्छन् । त्यसैले मेरो पनि २०२६ सालमा शोभा हृयोल्मोलीसँग प्रेम र मागी दुवै विवाह भयो । हाम्रो १ छोरा १ छोरी छन् ।
 
अहिले देशमा चर्कीरहेको राजनैतिक विवादबारे यहाँ के भन्नु हुन्छ ?
साँच्चै मलाई धेरै मन दुखेको छ । देशलाई दुःख पीडा दिइरहेको छ । विकृतीहरु फैलिरहेको छ । कसैको बोलीबाट पनि नेपाल बनाउने कुरा सुनिँदैन विकासको नाउँमा वि. पनि सुनिँदैन । यो सत्ताको राजनीति हो । नेपाललाई यति तला पुर्याहउनुमा पनि यिनै राजनैतिक दलहरुको देन छ । त्यसको जिम्मेवारी पनि तिनै राजनैनिक दलहरुले नै लिनुपर्दछ । 

अहिले इलाम रविको साहित्यितक माहौल कस्तो छ  ?
इलाममा साहित्यिक माहौलहरु थुप्रै छन् । नयाँ पिँढीहरु आशा लाग्दो गरेर साहित्य सिर्जनामा देखा परेका छन् । समय समयमा साहित्यिक कार्यक्रमहरु भइरहन्छ । अहिले मेरो बसाई विराटनगरमा पनि साहित्यको माहौल निकै राम्रो जमेको देखिन्छ ।

अन्तमा के भन्नु हुन्छ ?
हामी रौहुसे जाति हौं । हामी जहिले पनि सकरात्मक हुनुपर्छ । हाम्रो चासो राज्य, समाज निर्माणप्रति हुनुपर्छ । हामीलाई खस जातिले उत्पिडनमा पार्दै आएको हो । अब हामी सचेत हुनुपर्योछ । नेपालभित्र ताम्सालिङ पर्छ भन्ने कुरालाई कहिले पनि बिर्सनु हुन्न । हामीले नै यो देश बनाउने हो । अरु आएर बनाउने होइन । 

प्रस्तुती: सजना गोले

Krishna Bhusan Bal
Krishna Bhusan Balसबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन ।

Pradip Bamjan
Pradip Bamjanनेपाली संगीतको क्षेत्रमा मौसमी संगीतकारहरु थुप्रै भेटिए पानि वास्तविक संगीतमा ज्ञान हासिल गरी यस क्षेत्रमा स्थापित भएका संगीतकारहरु कमै मात्र छन् । ती नै मध्येका एक हुन् संगीतकार प्रदिप बम्जन तामाङ । वि.सं.२०१८ साल भाद्र १७ गते सिराह जिल्लाको बडहरामल, वाड नं ५, मा स्व.आपा पदम बहादुर बम्जन तामाङ र आमा पानमाया वाईबाको कोखबाट

Rabindra Tamang
Rabindra Tamangतामाङ साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर कलम चलाई राख्ने सीमित व्यक्तिहरु मध्ये रवीन्द्र तामाङ पनि एक हुनुहुन्छ । बाल्यकालमा तामाङ संस्कृतिलाई नजिकबाट नियाल्न नपाएको र तामाङ भाषा नबुझेका कारण अध्ययन अनुसन्धानका क्रममा विभिन्न कठिनाईहरु समेत भोग्नु परेको अनुभव छ उहाँमा ।

Pratap Shing Thokar
Pratap Shing Thokarवागमति अञ्चल, नुवाकोट जिल्ला, तुप्चे गाउँ विकास समिति, वडा नं. ४ मा आपा विर बहादुर थोकर तामाङ र आमा सुभानी वाईवा तामाङको कोखमा वि.सं. २००१ जेष्ठ १५ गतेका दिन प्रताप सिंह थोकर तामाङको जन्म भएको थियो । सानै उमेरदेखि केहि किर्तिमान काम गरेर नाम कमाउने विचारले प्रेरित उहाँ सानै उमेरदेखिनै निडर स्वभावका थिए ।

Hira Lal Blon -Actor
Hira Lal Blon -Actorआफ्नो अभिनय मार्फत दर्शकहरुको मन जित्न सफल नायक ब्लोनको माग हाल तामाङ चलचित्र क्षेत्रमा निकै बढेको छ । त्यस्तै तामाङ चलचित्रका निर्देशक तथा निर्माताहरुलाई पनि आफ्नो पक्षमा पार्न सफल देखिन्छन् उनी । समाज सेवामा विशेष रुची राख्ने नायक ब्लोन हाल तामाङ चलचित्र संघका महासचिव समेत हुन् ।

Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Tuesday 8:30 am - 8:45 am
Every Tuesday 2 pm - 2:45 Pm
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 9:30 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am