तामाङ राष्ट्रिय पुस्तकालयको उद्‌घाटन

Facebook
WhatsApp
Twitter
Email

काठमाडौं । तामाङ राष्ट्रिय पुस्तकालयको उद्घाटन गरिएको छ । 

काठमाडौं महानगरपालिका ६ बौद्ध अंगदधारामा रहेको तामाङ भवनमा शुक्रबार आयोजित कार्यक्रममा जापानका लागि नेपाली पूर्वराजदूत डा गणेश योञ्जनले बत्ती बाल्दै, रिवन काटेर पुस्तकालयको औपचारिक उद्घाटन गर्नुभएको हो । 

तामाङ राष्ट्रिय पुस्तकालय सञ्चालक समितिका अध्यक्ष एवं भाषाविद् अमृत योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं तामाङ अगुवा डा योञ्जनले पुस्तकालय सञ्चालनार्थ ५ लाख रुपैयाँ सहयोगको घोषणा समेत गर्नुभयो । 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा भाषाविद् योञ्जनद्वारा लिखित तामाङ भाषा सिक्ने हाते पुस्तक ‘तामाङ ताम’ पनि विमोचन गरिएको छ । कार्यक्रममा मानवशास्त्री डा मुक्तसिंह तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष, पदाधिकारी, विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाको उपस्थिति थियो ।

ग्यालरी
Facebook
WhatsApp
Twitter
Email
Translate »