Tamang Database

तामाङ डाटावेस के हो ?

बिश्व भर रहेका सबै तामाङहरुको बिवरण राख्ने(स्थान,पेशा,शिक्षा आदि सहित) र सबैलाई तामाङहरुलाई एकै ठाँउमा ल्याई तामाङ सम्बन्धि समाचार,सूचना,लेख,अभियान,सस्था,ब्यक्तिहरु आदि बारेमा जानकारी मात्र नदिई सबै तामाङहरुलाई जोड्ने र प्रत्यक्ष बिचार अदान प्रदानको संजाल हो।
 
यसको साथै यसले तामाङ जातिको उत्थानको निम्ति सङगणित रुपमा प्रसासनिक र सामाजिक कार्य ,अभियान सन्चालन,नब प्रतिभा र भएका प्रतिभा र बिशिष्ठ ब्यक्तिहरु लाई बाहिर ल्याउने प्रयास गर्नेछ।
तामाङहरु कति र कुन अवस्थामा छन भन्ने बिश्वासिलो र यकिन तथ्यांक नरहेको अवस्थामा यसले बिश्व भरी रहेका तामाङहरुको बारेमा थाहा पाउने मञ्च मात्र नभई तामाङ र नेपालकै उत्थानको निम्ति नै सङगठित प्रयास गर्न सहयोग पुग्नेछ।साथै यसले सबै तामांङहरु बिचमा डिजिटल पुल(networking) को काम गर्ने छ।
 
धेरै तामाङहरु अनलाईन सेवाबाट बंचित रहेको तथ्यलाई पनि ध्यानमा राख्दै यसलाई अहिले अनलाईनमा पहुच भएका तामाङहरु बाट सुरु गरेर पछि परम्परागत बिधि(घर दैलो,सर्बे आदि) बाट समेत जानकारी सङकलन गरी बिश्वको सबै तामाङहरुलाई जोडने प्रयास गरिनेछ।
 
यो बिसुद्द सामाजिक र तामाङ जाति उत्थान र अभिलेखिकरण को निम्ति गरिको कार्य हो।
तामाङ डाटावेस भएकोले साईटमा अहिले तामांङ मात्र सदस्य बन्न सक्नु हुनेछ।
साईटमा अहिले के के गर्ने सकिन्छ।
 
यस साईट(डाटाबेस) लाई सबैको सुबिधाको लागि धेरै कुराहरु सबैले चलाउदै आएको face book कै आधारमा बनाईएको छ।यसमा फेसबुकमा भएका लगभग सबै सुबिधाहरु रहेको छ।त्यसैले फेसबुक प्रयोग गरि सक्नु हुने सदस्यहरुलाई यो साईट चलाउन त्यति समस्या नपर्ने आशा गरिएको छ। तर यस साईटको उद्देश्य बिसुद्द सोसल नेटवर्किङ मा मात्र सिमित छैन।धेरै कुरा रहे पनि समय र सदस्यको प्रतिक्रिया अनुसार सुरु,बन्द वा थप,घट गर्दै लगिने छ।
सामान्य तय सदस्यले निम्न कार्य गर्न सक्दछन।
 
लेख,समाचार,फोटो,अडियो,भिडियो लिङ,सुचना,अन्तवार्ता (तामाङ सम्बन्धि) पोष्ट गर्ने वा पढ्ने।
तामाङहरु बारे जानकारी लिने,सर्च मार्फत खोज्ने(गोप्य बाहेक अन्य सदस्यले देखाउने चाहेका बिवरणहरु)
कमेन्ट,फेन्डस(friends),subscriber आदिको माध्यमबाट अन्य सदस्य सँग जोडिने
बिभिन्न अभियानहरु सुरु गर्न वा सहभागि हुने।
 
साईटमा बिचार आदन प्रदानको लागि फेसबुकमा जस्तै च्याट बनाईको भए पनि अहिले संचालनमा ल्याईएको छैन।सदस्यको आवश्यकता र माग अनुसार त्यसलाई संचालनमा ल्याईने छ।
Translate »