” छेवर ” किन गरिन्छ , छेवर को अर्थ के हो ?

Facebook
WhatsApp
Twitter
Email

शुभ साइत पारी कार्य आरम्भ गरिन्छ | छेवारको दिन बिहानै बालकलाई सफासुग्घर नुहाइ गरी के काट्ने तयार गरिन्छ | मामा र भान्जालाई पुर्व फर्कएर बसाइन्छ | मण्डपमा मामाले आसन ग्रहन गरेपछि एक पटक सगुन रेम बाँडिन्छ | भान्जा भन्दा ठीक पछाडि भान्जी चेलीहरुले टपरी माथि सेतो कपडा राखेर कपाल थाप्न बस्तछन | कपाल भुइमा पर्न दिनु हुँदैन भन्ने धारणा छ | निम्तलु र आफ्न्तहरु पनि छेवार मन्डप वारीपरी बस्दछन |

त्यसपछि छेवार गर्ने बच्चाको आमा बुवाले भुम्बाको कलशलाई पूजा गरेर छेवार मन्डपलाई भित्र पारी तीन पटक घुम्दछन | बाबुले अघि अघि धुपौरोमा स्युक्पा (धुपी)धुप र बती लिएर सोको पछि पछि आमाले भुम्बाको टुटिबाट पानीको धारा नटुटाइ तीन पटक घुम्दछन |

बौद्ध परम्परा अनुसार छेवार कार्यक्रम

भान्जाको दशाग्रह जाओस र छेवार कार्यमा कुनै बिध्नबाधाहरु नआओस भनेर मामाले ग्रह शन्तिको लागि पूजा गर्दै भान्जालाई कुखुराको फुलले मन्छाएर पूर्व दिशमा बतिहरुले पनि मन्छाएर दोबटोमा वा मन्डपको चारै सुर र मध्यभागमा राख्ने गरिन्छ |

पुन: एकपटक छेवारमा उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई सगुन रेम दीइन्छ | त्यो भान्जाको कपाल काट्ने कार्य प्रारम्भ गर्नका लागि अनुरोध स्वरुप प्रदान गरिन्छ | साथै भान्जालाई पनि सगुन स्वरुप दही र केरा खान दीइन्छ |

त्यसपछि भान्जाको कपाल भिजाइन्छ र मामा-भान्जाको मुखमा दुबोको झुप्पो हरु राखिन्छन | गान्बाहरुले भान्जाको कपाल खौरने आदेश दिएपछि मामाले भान्जाको दाहिने तिरको कनसिरको केही रौ राखेर कपाल टुपि नरखी कन खौरने गर्दछन | यसरी कन्सिरको रौ राख्नुको अर्थ आफ्नो कपालको बिज राख्नु हो |

कुनै भान्जाको मामाहरु एक भन्दा बदी भए जस्बाट साइत जुर्दछ उनै मामाबाट कपाल काटी खौरने कार्य गर्दछन भने प्राय: जेठो मामाद्वार नै कपाल खौरने गरेको पाईन्छ | त्यस्तै शाहोदर भान्जाहरुको छेवार गरेको भए कपाल खौरद एकले अर्कालाई देख्नु हुँदैन भन्ने धारणा छ |त्यसैले सहोदर भान्जाहरु कपाल मामाले खौरद सेतो कपडाले छेक्ने गरिन्छ|

भनिन्छ, त्यस दिनदेखि भान्जा बौद साँस्कार अनुसार बौद्द धर्ममा पबेश गर्दछन र उनीहरुको चल्दछ | त्यसैले छेवार लाई (टाप्च्यो)पनी भनिन्छ |बौद्द धर्म अनुसार टाप्च्यो भनेको बौद्द शासनमा प्रबेस गर्नु हो | कसै कसैले लामा रिम्बोर्छे हरु बाट पनि टाप्च्यो गराउने गर्दछन| तामाङ समाज मा मामाले भान्जाको कपाल काट्ने अवसरमा गाउका दमाइ हरुले बाजागाजा बजाउने र बन्दुक पड्काउने गर्दछन |

छेवार गर्दा खौरिएको कपाल लाई कचौरा वा टपरी माथि सेतो कपडा राखेर भान्जी चेली हरुले भुइमा पर्न नदिएर थाप्ने गर्दछन | यसैले तामाङ समाजमा छेवार सँस्कारमा तामाङ चेली नभै हुँदैन |

अनी उक्त कपाल लाई लामा द्वारा ठुइ (चोखो)गरी छेवार सम्पन्न भए पछि चोखो ठाउमा राख्ने गरिन्छ | कसै कसैले थापिएको कपाललाई सेतो कपडाले बँधेर जिबन पर्यन्त जतन गरी राख्ने पनि गर्दछन |

छेवारको मुख्य तात्पर्य पुरनो वा जन्मदाको केश मुण्डन गरी नयाँ केश आउन दिनु र बालकको शरीरिक बृदि भएको आभास दिनु नै हो | त्यस पछि भन्जालाई सगुनको स्वरुप माछा, फुल,दुध,मसु,र जाँड वा रक्सी खुवाउने गरिन्छ |अनी भान्जाले लगाएको पुरनो कपडा खोली मामाले ल्यएको नयाँ कपडा लगाइदिने गरिन्छ | यसरी मामाद्वारा उपहार स्वरुप दिने कपडा हरु प्रय: सेत हुन्छन |

कपाड पहिराइ दिने प्रचलन पनि गजबको छ| कपाड लगाइदिदा शिरबाट शुरु गरेर पाउ सम्म पुर्याइन्छ | त्यस पछि मामाले भान्जालाई फेटा गुथाउछन| यसरी दीइने फेटा पनि बिजोर हात लामो हुने गर्दैछ | अनी मामाले भान्जालाई म्हार (घ्यु)लेपी टाटे म्हेन्दो (टोटोलको फुल)को टिका लगाइ खादा पहिराइ दिने गर्दछन |

टिका लगाउदा पनि मर्याद क्रम अनुसार लगाइदिने चलन छ | सर्ब प्रथम मामा, माइजु, बाजे, आपा, आमा, क्रमश: नातागोता आगन्तुक हरुले लगाइदिने गर्दछन | टिका लगाइदिए पछि भान्जाले “छे”(ढोग)गर्दछन भने टिका लगाइदिनेले ढोग थाप्दै आशिर्बद दिने गर्दछन |

दक्षिना दिदा पनि तामाङ् समाजमा दुई प्रकारले दिने गर्दछन |

(१) टपरिमा

(२) थालमा

थालमा दिएको दक्षिना भान्जाको हुने र टपरिमा दिएको दक्षिना भान्जी चेलीको हुने गर्दछ | भान्जालाई टिका लगाइ दक्षिना दिएपछि सँगै बसेकी भान्जी चेलीहरुलाई पनि दिनु पर्दछ | टिका राख्ने कार्य सम्पन्न भए पछि चेवार मा रखिएको सगुन पोङ्लाई टाटे म्हेन्दोले “छ्योत” गर्ने गरिन्छ | उपस्थित सम्पूर्ण महानुभाव हरुलाई सो सगुन बाडिन्छ |

त्यस पछि मन्डप्मा रखिएको १३ सगुनलाई क्रमश: अस्यङ, (मामा) भान्जा, लामा, ताम्बा, गान्बा, चोहो, निम्त बड्ने निम्तलु मध्ये एक, छ्यङ्बस्या, कठौबा, बन्डेल्बा, ओतिबा, भान्जेबा, बोन्बो र बन्दुके समेत लाई दीइन्छ |

त्यस्तै कतै कतै प्राप्त सम्पूर्ण सगुनहरुलाई दुई भागमा बिभाजन गरु एक भाग मामालाई पठाउने, अर्को भागमा उल्लेखित ब्यक्ती हरुलाई बँडेर खुवाउने गरिन्छ | त्यस्तै गरी सगुन हरु पठाउद छिमेकी हरुले, दाजुभाइ खलक हरुले मन्डप्मा ल्याएको सगुनमा केही थप गरी राखी फर्काउने गरिन्छ |

त्यसपछि मामाले भान्जाका बाबु-आमालाई भान्जाका लागि भिक्षदान स्वरुप ल्याएका उपहारहरु बुझाईन्छ | प्राय: यस्त उपहारहरुमा लुगाफाटा, गरगहनाका अतिरिक्त थाल,कचौरा, खड्कुलो, करुवा, फोसी, बाटा, सुन, चाँदि, औकात हेरी हुने गर्दछ |

निम्तलु हरुले पर्म रुपमा सहयोग केही रकम दिने गर्दछन | जस्लाई तामाङ् हरु चरी भन्दछन | जुन पछि टिपोट हेरी निम्तलु हरु कहाँ छेवार गर्दा सो रकम सोही हिसाब-कितबमा फिर्ता गर्ने प्रचलन छ |

त्यस्तै कतै कतै तामाङ् हरुले छेवार गर्दा भान्जालाई गाई गोठ्मा लगेर गाई कै दाम्लोले घिच्रोमा बाँधेर मामाले कपाल काट्ने वा सिधै खौरने गरिएको पनि पाईन्छ| यो हिन्दू धर्मको प्रभाब हो |

कपाल खौरिए पछि चेलीहरुले छेवार गरिएको गाइको दाम्लो फुकाउने गर्दछन | दाम्लो फुकाएर खौरिएको कपाल भुइमा पर्न नदीई सेतो कपाडमा थापेबपात घर तर्फकाले चेली हरुलाई दक्षिण दिने चलन रहेको पाईन्छ | अनी भान्जालाई आँगनमा ल्याएर रखी मामाले पगरी (फेटा) लगाइदिने गर्दछन |

त्यसपछि मामाले भान्जा र भान्जासंगै बसेका चेलीहरुलाई टिका लगाइ दक्षिण दिएर आशिर्बाद (नाम्गर)दिने चलन पनि छ | (हडसन) मन्डपमा वा गोठमा जहाँ राखी छेवार गरेपनि त्यसदिन कपाल खौरदा दाहिने तर्फको कन्सिरमा केही रौ राख्ने प्रचलन छ|


” छेवर ” किन गरिन्छ , छेवर को अर्थ के हो ? खेन्पो दावा तामाङ

छेवारको पहिलो दिन

छेवार संस्कारमा मामाको भूमिका महत्वपूर्ण रहन्छ | मामाबिना यो संस्कार सम्पन्न गर्न सकिन्न | यदि कसैको मामा छैनन भने आमाकै थरको कसैलाई मामा बनाइ छेवार गर्नु पर्दछ |भान्जाकै घरमा छेवार गरिएमा सोको लागि भान्जा कहाँ आएका मामाहरुलाई केही कोसेली लिएर परसम्म बहिनी ज्वाँईले गान्बा (गाउका ठुला ठालु)हरु डम्फुरे र बन्दुकेहरु लिना जान्छन |

जो प्राय: भञ्ज्याङ वा देउराली वा दोबटोसम्म हुने गर्दछ | जहाँ मामा खलक हरु लाई पूर्व फर्कएर गुन्द्री माथि राडीपाखीमा बिछ्याइ बसाइन्छ |

अनि मामा हरुलाई बहिनी ज्वाँईले घुँडा टेकेर ढोग गर्दछन | त्यस पछि टिकाको साथै टाउको, गाला, कुमहरुमा अबिरहरु लगाइदिइन्छ | अनि सगुन रेम खुवाइन्छ | भान्जा खलक हरुले मामाहरुलाई चेवार मन्डपसम्म बाजागाजाका साथ बन्दुक पड्काउदै बोकेर भित्राउने गर्दछन |

यसरी मामा भित्र्याउदा मामाको घर धेरै टाढा हए एकदिन अघि नजिकै भए छेवारकै दिन बित्र्याउने गरिन्छ | मामाहरुलाई एक दिन अघि भित्र्याएको खण्डमा सोही रात्रीदेखी छेवार कार्य सम्पन्न भई  मामा बिदाबारी नगरेसम्म भान्जापट्टिको डम्फुरे र मामापट्टिको डम्फुरे बीच दिनरात दोहोरो सेलो चल्दछ | त्यस्तै भान्जालाई मामाकै घरमा लगेर छेवार संस्कार सम्पन्न गर्ने परम्परा तामाङ समाजमा छ |

साभारः- Bhim Dong Tamang

Facebook
WhatsApp
Twitter
Email
Translate »