कारागारका कैदीलाई बुद्ध शिक्षा बाँड्दै विजयरत्न तुलाधार

Facebook
WhatsApp
Twitter
Email

विभिन्न आपराधिक कृयाकलाप गरी कारागार पुगोकाहरु प्रति समाजको दृष्टिकोण नकरात्मक रहेको पाइन्छ । धेरैले कारागारमा पुगेकाहरुसँगको संवाद र भेटघाटलाई नै पनि अपराधकै संज्ञा दिन पनि पछि पर्दैनन् । तर काठमाडौँका विजयरत्न तुलाधार भने आफ्नो अपराधको आत्मबोध गरेर कैदी जीवन विताइरहका कैदीबन्दीहरुलाई सत्मार्गमा ल्याउने प्रयासमा जुटेका छन् । उनले बौद्ध शिक्षा तथा सामाजिक विकास केन्द्रमार्फत् लामा गुरु र भन्तेहरु लगेर कारागारमा रहेका कैदीहरुलाई समय समयमा बुद्ध शिक्षा दिने व्यवस्था मिलाउँदै आएका छन् । उनले आफ्नो यो अभियान भद्र बन्दि गृहमा सञ्चालन गर्दै आएका छन् । 

कोरोना संक्रमणका कारण रोकिएको उनको अभियानलाई माहोल पूनः सहज बन्दै गएपछि निरन्तरता दिने बताए । बौद्ध शिक्षा र सामाजिक विकास केन्द्रका महासचिव रहेका तुलाधारले अहिले यो अभियान आफ्नै व्यक्तिगत पहलमा गर्दै आइरहेका छन् । आफ्नो अभियानलाई विस्तारै देशव्यापी बनाउने उद्देश्य रहेको उनको भनाई छ । 

लामा गुरु, भन्ते तथा गुरुमाहरुले दिने बुद्ध शिक्षाले कैदीहरुमा सकरात्मक प्रभाव पारेको उनको ठम्याई छ । 

Facebook
WhatsApp
Twitter
Email
Translate »