हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको केन्द्रिय कार्यालय उद्घाटन

Facebook
WhatsApp
Twitter
Email

काठमाडौं ।बौद्ध शिक्षा र सम्भोटा लीपीको प्रशिक्षणलाई गाउँगाउँसम्म पुर्याउने हेतुले गठित संस्थाको केन्द्रिय कार्यलय बौद्ध तिनचुलिमा स्थापनाभएको छ । गाउँबस्तिका अधिकांश लामागुरुहरुले विभिन्न कर्मकाण्डहरुमा अध्ययन गर्ने पुस्तक कोन्छ्योग चिदुईको नेपाली अनुबादको श्रद्वय धर्मगुरु डोल्पो टुल्कु रिन्पोक्षेज्युको प्रमुख अातिथ्यताममा समुदघाटन भएको थियो।

यस पुस्तक अनुबादले बिशेषगरि लाखौको संख्यामा रहेको तामाङ समुदायमा बौद्धधर्मलाई स्पष्ट रुपमा बुझ्ने अवसर प्राप्त हुनुका साथै सुखी शान्ति र सभ्य समाज निर्माणहुने बिश्वास लिएको छ।

कार्यक्रम कोसिस लोब्साङ वाइबाको अध्यक्ष तामा भएको थियो ।भने यस्तो प्रशिक्षण केन्द्र स्थापनाले ग्रामिण भेगका लामाहरुले गरिने कर्मकाण्ड प्रती स्पष्ट हुने बिश्वास लिने कुरा हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका संस्थापक सदस्य अष्ट बल तामाङले जानकारी दिएका छन् ।

 

Facebook
WhatsApp
Twitter
Email
Translate »