के शाक्यमुनी बुद्धलाई “विष्णुको अवतार भन्दा के भयो त? एक हिन्दुको प्रश्न

Facebook
WhatsApp
Twitter
Email

बुद्धधर्म हिन्दुधर्म -३९

प्रश्न: के शाक्यमुनी बुद्धलाई “विष्णुको अवतार भन्दा के भयो त? आदरनै भयो नि, होइन? कसरी अन्याय भयो? यसरी फरक फरक दुई बुद्धको कुरा गर्दा सामाजिक सद्भाव विग्रन्न?

उत्तर: कुरा न त्यस्तो सजिलो छ, न तपाईंले भनेको जस्तो सद्भावको छ । अलि बुझ्ने कोसिस गरौ न!

पहिलो कुरा त पुराणमा भनिएको “विष्णु-अवतार बुद्ध” र शाक्यमुनि बुद्ध एकै होईन । यो सत्यनै काफी छ यो प्रश्न कति गलत र भ्रमपुर्ण छ भनेर पुष्टि गर्नको लागि । यो दुइबुद्धको कुरालाई मानेर ४ वटा संकराचार्य र अरु हिन्दु गुरुहरुले बौद्ध गुरु गोयन्काकोसंग अब यो कुरा कहिल्यै नगर्ने भनेर संझौतामा हस्ताक्षर पनि गरिसके ।

यी दुई भिडियोहरु हेर्नुस् ।

एउटामा एक संकराचार्यले दुई अलग बुद्धहरुको कुरा गर्नु भएको छ भने अर्को भिडियोमा गुरु गोयन्काले कसरी यी सबै भ्रामक कुरा भारतमा चल्यो र कसरी उहाँले ४ जना शंकराचार्यहरुलाई यो कुरा सहज रुपमा मनाउन सक्नु भयो भनेर भन्नू हुन्छ ।

क) दुई अलग बुद्धहरु भएको शंकराचार्यको व्याख्या:

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होस्

https://youtu.be/unHZeSQ0Lqg

ख) ४ संकराचार्यले संम्झौता गरेको कुराको संदर्भ र बुद्धावतार विष्णुको गलत कुराको गोयन्का गुरुले गर्नु भएको व्याख्या :

तसर्थ, मित्र! यहि नै सत्य यो हो। शाक्यमुनी बुद्ध वैदिक हिन्दु पुराणमा लेखिएको बुद्ध होइनन् – हिन्दुले मानेको र बौद्धहरुले मानेको बुद्धनै फरक फरक बुद्धहरु हुन्।

अब तपाईंको प्रश्नमा अरु तप समस्या:

१) नाम गाँम ठाम थाहा नभएको बुद्धावतार विष्णुलाई “बुद्ध” नाम जोडेर पुराणमा लेखिदिएकोले जनमानसमा “शाक्यमुनी बुद्ध” नै ती बुद्ध हुन भन्ने भ्रम परेकोले हिन्दुहरु विष्णु पुज्दछन्, शाक्यमुनिको शिक्षा दीक्षा लिन आउँदैनन् । यो गरिएको नै त्यही हो। यो स्पष्ट कुटिल चाल भन्दा केहि होइन। दोस्रो, फेरि जो बुझेका ब्राह्मणहरु वा संस्कृत जान्ने, ग्रन्थ पढ्न सक्ने वैदिक हिन्दुहरु छन् जस्ले ती पुराण पढ्दछन् ती कहिल्यै बुद्ध धर्ममा आउदैनन् किनकी त्यहाँ विष्णुले आफ्नो सबैभन्दा नराम्रो र खराब “मायामोह” स्वरुप लिएर असुर भड्काउन आउने लेखिएको छ । तसर्थ, ती पढेलेखेकाले शाक्यमुनी बुद्धलाई खराब, फटाहा, जाली, झेली, वेद विरुद्ध बोल्ने, शाक्यमुनी बुद्धको शिक्षा राम्रा मानिसका लागि होईनन् भनेर फेरि उनिहरु बुद्धको शिक्षामा आउदैनन्।

यो कुनै सद्भावको संस्कृती होइन, यो एक कुटिल चाल हो – एकातिर बुद्धलाई वैदिक बनाउने र अर्कोतिर बुद्धलाई बदनाम गर्ने!

यहाँ यो कुरालाई सद्भावसंग जोडेर संवाद गर्ने केही महानुभावहरुकै कुरा गरुम् – यो “मायामोह” स्वरुपको कुरा यी पाखण्डि मानिसहरुलाई थाह छ, परेको खण्डमा यिनिहरुले “असुर मोहित गर्नेलाई नम:” भनिएको मन्त्र पनि संजालमा राक्दछन् तर बुद्ध हाम्रो भन्न पनि छोड्दैनन् किनकी वैदिक हिन्दुहरुके यो सत्यलाई बुझे भने हिन्दुहरुको संख्या घट्दछ। सत्य कुरा यो हो।

त्यसैले शंकराचार्यहरुले बुझेर नै यो कुरा “विष्णु-अवतार” बुद्धलाई शाक्यमुनिसंग जोडेर कुरा नगर्ने संझौता गरेका हुन्। ग्रन्थ पढेको र वैदिक हिन्दु धर्म जानेको, बुझेकाहरुले यो कुरा सहज स्विकार्न सक्दछन् ।

त्यसैले यो कुर मैले मात्र भनेको त होइन – यो बौद्ध हिन्दु दुबै पक्षले मानेको कुरा हो। अब यो बुझिसकेपछी पनि तपाईंलाई के मन पर्छ रोज्नु त तपाईंको छनौट भयो । तर यो सत्यलाई नकारेर व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रनु भनेको त राम्रो भएन । तपाईकै शंकराचार्यलाई गएर भन्नुस् न – किन यी दुइटा बुद्धहरु फरक हुन भनेर स्विकार गरेको भनेर? बौद्धले त भन्ने नै भए किनकी त्यही नै सत्य हो ।

२) शाक्यमुनी बुद्धको शिक्षा र वैदिक विष्णुको शिक्षामा आकाश पातालको फरक छ । अनात्मबादी-अनिश्वरवादी शाक्यमुनी बुद्धलाई विष्णुको “इष्वरवादी-आत्मावादी” सिधान्तसंग तुलना गर्दा शाक्यमुनी बुद्धको असली २५०० बर्षदेखिको परंपरा ओझेलमा पर्दछ । यो देखिएको सत्य हो। भारत र नेपालमा बुद्ध धर्म सखाप भएको यो एक प्रमुख काराण हो।

अनि मैले – तपाईको बुबालाई मलाई मन पर्ने मेरो कालो कुकुरको अनुहारसंग मिल्छ भनेर भन्न नपाउने भन्ने दलिल जस्तो भयो तपाईंको कुरा प्रश्न? के मलाई मेरो कालो कुकुर मन पर्यो, प्यारो लाग्यो भन्दैमा तपाईको श्रद्धेय बुबालाई मैले मेरो कुकुरसंग दाँज्न मिल्छ? के यो न्याय हुन्छ? के यो अनादरमा गनिन्न?

यो धेरै कुरा र कोणहरुबाट पुर्ण गलत, अव्यहारिक, भ्रामक, कुटिल, षड्यन्त्रपुर्ण कुरा हो। यो बौद्धहरुको शाक्यमुनी बुद्धको अपमान हो ।

फेरि सद्भावको कुरा – बौद्धको शाक्यमुनिलाई तल झारिएको, “सबैभन्दा खराब मोहमाया स्वरुप” भनेर भनिएको कुराले शाक्यमुनी जस्तो कुनै खोट नभएको व्यक्तिलाई अन्याय भएन? यो पनि कुनै भाईचारा बढाउने, सद्भाव बढाउने, सह-अस्तित्व बढाउने संस्कृती हुन सक्दछ? तपाईंले कसैको चरित्र हत्या गरेर सद्भाव र भाईचाराको कल्पनासम्म पनि गर्न सक्नु हुन्छ?

फेरि – त्यस्तो खराब मोहमाया स्वरुप, छलछम गर्न आएकोलाई पुजेर तपाईंहरुको अध्यामिक यात्रा कहाँ पुग्ने? भन्दा “ॐ Charles Sovraj नम: ” भनेर मन्त्र जप गर्दा पनि अब मुक्ती हुने भयो यो संसारमा? यहि हो धर्म? यो पागलपन होइन? विक्षिप्तता होइन? अध्यात्म र धर्मको नाममा तपाईंहरु कति विचलित र अन्योलमा हुनुहुन्छ भन्ने ध्योतक होइन?

कुनै संसारमा कुनै धर्ममा राग, द्वेष, मोह, मात्सर्यलले कसैको भलो हुन्छ भनेर कल्पनाङर्न सकिन्छ? के हामिले तर्कपुर्ण रुपमा सोच्ने दिमाग पनि गुमाएका हौं र यस्तो निम्न स्तरको, अपराधिक कृयाकलापलाई पनि अब अध्यात्म भनेर पुजेर बस्ने परंपरालाई अध्यात्म भन्न थालियो? बलात्कार गरेको, अरुको लुगा चोरेको, काटेको, मारेको, छलकपट गरेको सबै अध्यात्म र धर्म हुने रहेछ ? अहिलेको संसारमा जहाँ बौद्ध र हिन्दु धर्म छैन वा तिन्को धर्म/अधर्मको मान्यतालाई स्विकार नगरिएको देश र समाजमा पनि अमान्य हुने, सर्वमान्य सामाजिक र मानवताको विरुद्ध जाने यस्तो कृयाकलापलाई तपाईं शानसित “हाम्री संस्कृती” भनेर भन्न सक्नु हुन्छ भने अब हिट्लर, चार्लस सोभराज आदि सबिलाई पुजे भैहाल्यो नि !

त्यसले यो शाक्यमुनी प्रती अनादर, अन्याय मात्र पनि होइन, यो पागलपन हो! आजको पढेलेखेको मानिस भएर यस्तो कुरालाई अध्यात्म र धर्म भन्नू भनेको अरु केही होइन मनको विक्षिप्तता हो।

पुन: तपाईंको आफ्नो मान्यता तपाईंसंग राख्नुस्। तपाईंलाई के धर्म र के अधर्म भन्ने अधिकार छ । तर यी कुरा प्रमाणले र बौद्ध दृष्टिकोणले अमान्य र अधार्मिक छन्।

त्यसैले समाजिक सद्भावको लागि, बौद्धहरुको भावनालाई कदर गर्दै र शाक्यमुनी प्रती पनि न्याय र सम्यक श्रधान्जली स्वरुप उहाँलाई विष्णुको अवतार भन्नु अनुपयुक्त छ ।

<भवतु सर्व मंगलम्>>

#buddhismhinduism#बौद्धधर्महिन्दुधर्म

फेसबुक वाल बाट साभार : Bibek Sharma (Buddhist teacher and PhD candidate)

तपाइको आफ्नो विचार तल कमेन्टमा गर्नु होला !

Facebook
WhatsApp
Twitter
Email
Translate »