बौद्ध धर्ममा खादाको महत्व

Facebook
WhatsApp
Twitter
Email

बौद्ध धर्मावलम्वीले मात्रै नभई अहिले अन्य समुदायले पनि विभिन्न शुभकार्यमा स्वागत र सत्कारका लागि खादाको प्रयोग गर्नु अनिवार्य जस्तै बनिसकेको छ । खादा सेतो, पहेलो, रातो, निलोे र हरियो रंगको हुन्छ । खादा भिन्नभिन्नै रंगले फरक फरक महत्व दर्शाउछ । त्यस्तै कुनै खादा लामो हुन्छन् भने कुनै खादा छोटो । दुई हजार छयालिस सालयता खादाको प्रयोगले व्यापकता पाउँदै गएको हो ।

करिब ३ दशक यता खादा सबै समुदायको साझा बस्तु बनिसकेको छ । आज एनबी भ्लगमा बौद्ध धर्मावलम्वीले प्रयोग गर्ने खादा र बौद्ध तिर्थस्थलहरुमा देखिने लुङ्दरलाई विषय बनाएका छौँ । आउनुस् खादा र लुङ्दर बौद्ध धर्मावलम्बीका लागि किन महत्वपूर्ण छ त्यसतर्फ लागौ । बाँेद्ध धर्मावलम्वीको आफ्ना हरेक गतिविधिमा खादाको प्रयोग अनिवार्य जस्तै हुन्छ । खादा खातक शव्द अपभ्रंश हुँदै बनेको हो । खा भनेको हिउँ र ताक भनेको चिन्ह भन्ने अर्थ हुन्छ । हिमाली क्षेत्रमा शुभ मंगल होस् भनेर हिउँजस्तै सेतो खादा लगाइदिने गरिन्छ । हिमाली क्षेत्रमा फूल नपाइने हुँदा खादालाई फूलको विकल्पमा प्रयोग गर्न थालिएको धार्मिक विश्वास पनि रहेको छ । हिमाली समुदायमा खादा लगाउने प्रचलन शाक्यमुनि बुद्ध जन्मनु भन्दा अघि देखि नै प्रचलनमा आएको विश्वास गरिन्छ । खादा विशेषगरि पाँच रंगमा हुन्छ ।

खादा विशेषगरि जन्म, विवाह र मृत्यु जस्ता तीन कार्यमा प्रयोग गरिन्छ । यसबाहेक बौद्धमार्गीहरूले हरेक शुभ कार्यमा यो प्रयोग गर्ने प्रचलन सदियौंदेखि चल्दै आएको छ । यदि खादा नभएमा बौद्धमार्गीहरुको कुनै पनि कार्य गर्न सकिँदैन । खादामा प्रयोग हुने पाँच रंग मध्ये सेतोले पवित्र, पहेलोले शान्ति, रातोले शक्ति, निलोले प्रगति र हरियोले शौभाग्यको प्रतिक जनाउँछ । त्यस्तै पाँचै रंगले चाँहि पञ्चतत्व अर्थात रातोले अग्नी, पहेलोले पृथ्वी, निलोले आकाश, हरियोले जल र सेतोले वायु तत्वलाई प्रतिनिधित्व गर्छ । खादामा अष्टमंगलको चिन्ह हुन्छ र चारओटा शुभ आर्शिबादको हरफहरु लेखेको हुन्छ । खादामा सम्भोटा लिपीमा शान्ति र शुभ शव्दहरु लेखिएको हुन्छ ।

Facebook
WhatsApp
Twitter
Email
Translate »